स्थानीय बजारमा सुन–चाँदीको मूल्य घट्यो
काठमाडौँ — स्थानीय बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ। आज चाँदी ५ हजार १९० रुपैयाँमा कायम भएको छ भने अघिल्लो दिन यसको मूल्य ५ हजार २२५ रुपैयाँ थियो।
बजारमा सुन–चाँदीको मूल्यमा देखिएको यो गिरावट अन्तर्राष्ट्रिय बजारको उतार–चढाव तथा माग–आपूर्तिको अवस्थासँग सम्बन्धित रहेको व्यवसायीहरूको अनुमान छ।