कांग्रेस महाधिवेशन प्रतिनिधिमा २१ वर्षीया रोशनी शाह निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली–४ बाट २१ वर्षीया रोशनी शाह महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् ।
शाहले ३४७ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् । उनी धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत छिन् ।
शाह क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यसमेत हुन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै उनले कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुनेछन् ।