कांग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरु
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएको छ । सानेपास्थित पार्टी कार्यालय बीपीनगरमा शनिबार दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता सुरु गरिएको हो । दर्ताका लागि प्रत्येक प्रदेशका प्रतिनिधिका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ ।
नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिलाई १५औँ महाधिवेशनको झोला उपलब्ध गराइनेछ । झोलामा पार्टीको विधान, कपी, कलमलगायत सामग्री राखिएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंको खुलामञ्चमा हुनेछ । १९ र २० गते बन्द सत्र सञ्चालन हुने तथा २१ र २२ गते निर्वाचन प्रक्रिया हुने कार्यतालिका छ ।