दाउन्ने दुर्घटनामा मृत्यु भएका ६ मध्ये ५ जनाको पहिचान खुल्यो
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा शनिबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये ५ जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मृत्यु हुनेमा भेरीगङ्गा नगरपालिका–३ जाजरकोटका ५० वर्षीय निर्जुङ खत्री, कोहलपुर नगरपालिका–३ बाँकेका ३२ वर्षीय दीपेन्द्र केसी, स्वामीकार्तिक खापर गाउँपालिका, बाजुराका ६५ वर्षीय नरेन्द्रराज गिरी, कोहलपुर नगरपालिका–१० बाँकेका ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ बाँकेका २२ वर्षीय कृष कनौजिया रहेका छन् ।
मृत्यु भएका अर्का एक पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।