बाढीपहिरोले ६ दिन बन्द बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा
बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ । नासों गाउँपालिका–३ खोत्रो र चामे गाउँपालिका–५ कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुङ्गामाटो हटाएपछि सडक सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए ।
बाढीपहिरोका कारण सडकका विभिन्न खण्डमा पहिरो खस्नुका साथै कतिपय स्थानमा सडकसमेत भासिएको थियो । सडक सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको ढुवानी र आवागमन सहज भएको छ ।