डा. सुनिल शर्माद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शनिबार सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै शर्माले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले कांग्रेसलाई दूरदराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको बताए । शर्माले लोकतन्त्र पुनःस्थापनाका लागि विगतमा नेपाल, भारत र अमेरिकासम्म पुगेर राजनीतिक गतिविधि तथा ‘लबिङ’ गरेको पनि उल्लेख गरे ।
कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । शर्मा मोरङ–३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । उनी २०५४ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन् ।