लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते
लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
गएराति १०ः३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे.४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा झापा घेराबारीका २७ वर्षीय मोटरसाइकल चालक कुमार नेपाली, सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे नगरपालिका–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए।
घाइते तीनै जनालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे र न्युरो अस्पताल विराटनगर पठाइएको थियो।
उपचारका क्रममा कुमार नेपालीको असोज १६ गते राति १२ बजे र सन्देश नेपालीको असोज १७ गते राति १२ः०४ बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका छन्।
अमर नेपालीको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।