भरतपुर अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त
मन्त्रीस्तरीय निर्णयअनुसार समितिको अध्यक्षमा क्षितिज पौडेल तथा सदस्यमा नवराज तिमिल्सिना र अनिता खड्का नियुक्त भएका हुन्।
नवनियुक्त समितिले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै व्यवस्थापन, विकास तथा सेवा विस्तारमा आवश्यक भूमिका निर्वाह गर्ने बताइएको छ।
अस्पतालको सेवा गुणस्तरीय, व्यवस्थित र नागरिकमैत्री बनाउन नयाँ पदाधिकारीले आवश्यक समन्वय तथा सहजीकरण गर्ने अपेक्षा गरिएको छ।