सीटीईभीटीको सदस्य सचिवमा प्रमोदभक्त आचार्य नियुक्त
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिवमा तनहुँका प्रमोदभक्त आचार्य नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार उनलाई यो जिम्मेवारी दिइएको हो।
तनहुँका आचार्य लामो समयदेखि सीटीईभीटी सेवामा निरन्तर क्रियाशील छन् । यसअघि परिषद्का विभिन्न शाखा, महाशाखा तथा गण्डकी प्रदेश कार्यालयको निर्देशकका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका उनी पछिल्लो समय सहसचिव पदमा कार्यरत थिए।