जटिल प्रसूति समस्या देखिएपछि हुम्लाकी गर्भवतीको हवाई उद्धार
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत हुम्लाकी एक गर्भवती महिलाको उद्धार गरिएको छ।
आश्विन १५ गते हुम्लाको सर्केगाड गाउँपालिका–३ की २६ वर्षीया महिलामा जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत लगिएको हो।
स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएपछि विशेषज्ञ उपचारका लागि तत्काल हवाई उद्धार गरी सुर्खेत पुर्याइएको मन्त्रालयले जनाएको छ।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै स्वास्थ्य उपचारको पहुँचमा पुर्याउने उद्देश्यले मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।