कञ्चनपुरमा ३ लाख ८० हजार बराबरको भन्सार छलीका सामान बरामद
कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब ३ लाख ८० हजार रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी जिमुवाबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१० तिलाचौरबाट उक्त सामान बरामद गरेको हो।
भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याएर बेवारिसे अवस्थामा राखिएका इलेक्ट्रोनिक सामान, मोबाइल कभर, मोबाइल ग्लास, बीउबिजन तथा किराना सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामानको भन्सार मूल्य ३ लाख ७९ हजार ७८० रुपैयाँ कायम गरिएको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।