सरकारको पहलकदमी कमजोर देखियो : एमाले नेता बादल
काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको जनजीवनसँग जोडिएका विषयमा सरकारले ठोस उपलब्धि हासिल गर्न नसकेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै बादलले विश्वमा देखिएका विभिन्न सङ्कटसँगै नेपालमा रहेका समस्याको समाधानका लागि सरकारको पहलकदमी कमजोर देखिएको बताए।
गत फागुन २१ गतेको निर्वाचनमा एमालेले भोगेको पराजयलाई स्वीकार गरेको उल्लेख गर्दै उनले त्यसलाई आत्मसमर्पणका रूपमा नभई सिकाइका रूपमा लिने बताए।
पर्याप्त आधारबिना पूर्वउच्चपदस्थ व्यक्तिहरूलाई पक्राउ गरिएको भन्दै उनले विरोध जनाए। सुशासन र पारदर्शिताका लागि सरकारले घोषणा गरेअनुसार काम गर्न नसकेको उनको आरोप थियो।