धादिङको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिनेछ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि उक्त सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ।
सडक बन्द रहने समयमा धादिङबेँसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोस्रेटार–कल्लेरीटारलगायत वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।