आज कोशी, बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
महाशाखाका अनुसार अहिले हिमाली र पहाडी भूभागमा आंशिक बदली छ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। यी प्रदेशका केही स्थानमा मध्यमसम्म वर्षा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
यस्तै, मधेस, कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।