बाढीपहिरोले बागलुङका १ हजार २९७ बालबालिका प्रभावित
बाढीपहिरोका कारण बागलुङका चार स्थानीय तहका १ हजार २९७ बालबालिका प्रभावित भएका छन् । असोज ८ देखि ११ गतेसम्मको वर्षाका कारण निसीखोला, बडिगाड, तमानखोला र ताराखोलाका विभिन्न विद्यालय तथा बालविकास केन्द्रमा क्षति पुगेको हो ।
ताराखोलाका मात्रै पाँच विद्यालयमा क्षति पुग्दा ८४५ बालबालिका प्रभावित भएका छन् । निसीखोलाको एक विद्यालयका ३७०, बडिगाडका दुई विद्यालयका ७० तथा तमानखोलाको एक बालविकास केन्द्रका ११ बालबालिका प्रभावित भएका छन् । क्षति पुगेका केही विद्यालयमा वैकल्पिक स्थानबाट पठनपाठन सुरु गरिए पनि केही विद्यालयमा अझै कक्षा सञ्चालन हुन सकेको छैन ।