दिनेश कोइरालाले कांग्रेस सह–महामन्त्रीमा उम्मेदवारी दिने
नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले पार्टीको १५औँ महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
१८ असोजदेखि सुरु हुने महाधिवेशनमा खस आर्यतर्फको सह–महामन्त्री पदमा उम्मेदवारी दिने उनले बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै कोइरालाले अग्रजहरूको सुझाव तथा आफ्नो विचार र संगठनप्रतिको प्रतिबद्धताका आधारमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् ।
उनले उम्मेदवारीका लागि पार्टीका नेता तथा कार्यकर्तासँग साथ, समर्थन, विश्वास र सुझावका लागि आग्रह गरेका छन् ।