भोटेकोशी बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा बेपत्ता भएका नुवाकोटका राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत उपलब्ध गराइएको छ।
राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटले विदुरमा आयोजित कार्यक्रममा प्रभावित परिवारलाई जनही २५ हजार रुपैयाँका दरले राहत रकम हस्तान्तरण गरेको हो। समाजका अनुसार भदौ १० गतेको बाढीमा नुवाकोटलाई जन्मथलो बनाएर सरकारी तथा सरकारी स्वामित्वका सार्वजनिक सेवामा कार्यरत २० जना कर्मचारीको मृत्यु तथा बेपत्ता भएका थिए।
हाल ११ जना प्रभावित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको र बाँकी परिवारलाई पायक पर्ने स्थानमा पुगेर रकम उपलब्ध गराइने समाजका कोषाध्यक्ष कृष्णराज खतिवडाले जानकारी दिए।
राहतका लागि समाजमा आबद्ध ८३ जना कर्मचारीबाट २ लाख ९० हजार रुपैयाँ संकलन गरिएको थियो। त्यसमा