युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग
युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन युरोपेली सङ्घ (इयू)बाट २.९ अर्ब युरो आर्थिक सहयोग प्राप्त गरेको छ।
युक्रेनको अर्थ मन्त्रालयका अनुसार प्राप्त रकम समष्टिगत आर्थिक स्थायित्व कायम राख्न, प्राथमिकताप्राप्त बजेट खर्च व्यवस्थापन, पुनर्लाभ तथा आधुनिकीकरणका कार्यक्रम र इयू सदस्यतातर्फ अघि बढ्न आवश्यक सुधार कार्यान्वयनमा प्रयोग गरिनेछ।
कुल सहयोगमध्ये युक्रेनले ‘युक्रेन सहयोग ऋण’ (युएसएल) अन्तर्गत पहिलो किस्तास्वरूप ८० करोड युरो प्राप्त गरेको छ। यो रकम करिब ८९ करोड ८० लाख अमेरिकी डलर बराबर हो।
इयूले सन् २०२६ देखि २०२७ सम्म युक्रेनको बजेट तथा रक्षासम्बन्धी आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले ९० अर्ब युरो बराबरको वित्तीय संयन्त्र स्थापना गरेको छ।