स्थानीय बजारमा सुन–चाँदीको मूल्य वृद्धि
काठमाडौं — स्थानीय बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो।
महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। चाँदी आज प्रतितोला १५ रुपैयाँले बढ्दै ४ हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभाव स्थानीय बजारमा समेत परेकाले बहुमूल्य धातुको मूल्यमा वृद्धि भएको विश्लेषण गरिएको छ।