सेयर बजारमा उतारचढावपछि नेप्से २९३६ अंकमा बढ्यो, कारोबार रकम घट्यो
काठमाडौं — सोमबार दिनभर उतारचढाव देखाएको नेपाल स्टक एक्सचेञ्ज अन्तिममा बढेर बन्द भएको छ। नेप्से परिसूचक ५.०१ अंक बढेर २,९३६ अंकमा पुगेको छ। दिउँसो २:३४ बजे बजार २,९११ अंकसम्म झरेको थियो, तर अन्तिम समयसम्म उकालो लागेर बढेको हो।
कारोबार रकम भने घटेको छ। अघिल्लो दिन २३ अर्ब ५९ करोडमा कारोबार भएको बजारमा सोमबार १५ अर्ब ७८ करोड रुपैयाँको कारोबार भयो। १०२ कम्पनीको मूल्य बढ्दा १५४ को घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी १.५३ प्रतिशतले बढेको छ। अन्य समूहमा फाइनान्स ०.२०, हाइड्रोपावर ०.९६, लगानी ०.७२, माइक्रोफाइनान्स ०.४३ र अन्य ०.०१ प्रतिशतले बढेका छन्। बैंकिङ ०.२७, विकास बैंक ०.५०, होटल तथा पर्यटन ०.८६, जीवन बीमा ०.४८, निर्जीवन बीमा ०.०४ र व्यापार समूह ०.५९ प्रतिशतले घटेका छन्।
६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र होटेल फरेस्ट इन रहेका छन्। यसैगरी, फस्र्ट माइक्रोफाइनान्स को मूल्य ८.९६, आशा लघुवित्त ८.८२ र मेरो माइक्रोफाइनान्स ८.१८ प्रतिशतले बढेको छ।
सिन्धु विकास बैंकको मूल्य ३.२३ प्रतिशतले सबैभन्दा बढी घटेको छ। आज धेरै कारोबार भएका कम्पनीहरूमा कुमारी बैंक, शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र ङादी ग्रुप रहेका छन्।