प्रधानमन्त्री कार्कीले २१ फागुनमा चुनाव गराउने प्रतिबद्धता व्यक्त
१८ मंसिर, काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आउँदो २१ फागुनमा आमनिर्वाचन गराउने सरकारको पूर्ण प्रतिबद्धता व्यक्त गरेकी छन्।
बिहीबार आयोजित २२औं राष्ट्रिय ज्यापु दिवसमा बोल्दै उनले भनिन्, “सरकारले युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अघि बढाउनु पर्ने दायित्व बोकेको छ। त्यसैले घोषित मितिमा चुनाव सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रूपले जुटेको छ।”
प्रधानमन्त्री कार्कीले मुलुकका युवाहरूले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना, रोजगारी र आधारभूत आवश्यकताहरू सुनिश्चित गर्ने माग गर्दै आएका बताएका घटनाबाट पाठ सिक्न आवश्यक रहेको पनि बताइन्। उनले सबै नेपालीको सहभागिता र सहयोग आवश्यक रहेकोमा जोड दिइन्।