राष्ट्रपति पौडेलद्वारा गाई तिहारमा गाईको पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका अवसरमा गाईको पूजा गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले धनधान्यकी देवी लक्ष्मीको प्रतीकका रूपमा गाईको विधिपूर्वक पूजा गरेका हुन् ।
पूजापछि उनले गाईलाई खानेकुरा खुवाउँदै सम्मान व्यक्त गरे । तिहारको चौथो दिन मनाइने गाई तिहारमा गाईलाई समृद्धि, सौभाग्य र धनधान्यकी प्रतीकका रूपमा पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ ।