तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने
तिहार अर्थात् दीपावली पर्वको सार्वजनिक बिदाका समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ ।
जिल्ला अदालतले सूचना जारी गर्दै शनिबारबाहेक दीपावली बिदाका अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत सञ्चालन हुने जनाएको छ ।
उक्त अवधिमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइ तथा पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्ने कार्य हुनेछ ।