बार्सिलोनाको रोमाञ्चक जित, एट्लेटिको मड्रिड २–१ ले पराजित
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई २–१ गोलले पराजित गरेको छ।
आज बिहान सम्पन्न खेलमा बार्सिलोनाका फर्मिन लोपेजले दुई गोल गर्दै टोलीलाई जित दिलाए। एट्लेटिकोका जुलियानो सिमिओनीले एक गोल गरेका थिए।
खेलको १०औँ मिनेटमा जुलियानोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको अन्तिम मिनेटमा लोपेजले बराबरी गोल फर्काए। उनले ६६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।
जितसँगै १२ खेलबाट ३३ अंक जोडेको बार्सिलोना शीर्षस्थानमा छ भने २८ अंक रहेको एट्लेटिको मड्रिड तेस्रो स्थानमा छ।