बझाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ
बझाङमा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको मष्टा गाउँपालिका–२ धनातोली निवासी ४० वर्षीय राजेन्द्र रोकाया आइतबार बिहान पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय मष्टाबाट खटिएको प्रहरी टोलीले रोकायाको घर तलासी गर्ने क्रममा एक थान भरुवा बन्दुक फेला पारेको थियो । बन्दुक बरामद गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।