सबिना काफ्लेद्वारा नारायणचौरमा कुकुर तिहार विशेष कार्यक्रम आयोजना
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) की पत्नी सबिना काफ्लेले कुकुर तिहारको अवसरमा आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा विशेष कार्यक्रम आयोजना गरेकी छन् ।
नेपाली परम्परामा कुकुरको निष्ठा, साथ र साहसको सम्मान गर्दै मनाइने कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा मन्त्री, विदेशी कूटनीतिज्ञ, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । सहभागीहरूले कुकुरलाई टीका र माला लगाएर पूजा गर्दै कुकुरप्रतिको माया, सम्मान तथा संरक्षणको सन्देश दिएका थिए ।