घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ ।
आइतबार बिहान करिब १० बजे पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको हो । पहिरोका कारण दुवैतर्फका सवारीसाधन रोकिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ ।
थप पहिरो नखसे छिट्टै सडक दुईतर्फी सञ्चालनमा ल्याइने उनले बताएका छन् ।