यू–१९ एसिया कप : यूएईविरुद्ध नेपालले दियो १५४ रनको लक्ष्य
एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई १५४ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमेरात मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको हो ।
नेपालका लागि सोहिल कुँवर र सचिन भट्टले सर्वाधिक ३३–३३ रन बनाए । त्यस्तै, निरजकुमार यादव र दर्शन सोनारले समान १६ रन जोडे ।
नेपाललाई कम योगफलमा रोक्ने क्रममा यूएईका निशम खानले सर्वाधिक पाँच विकेट लिए । आयन मिसवाहले तीन तथा नुरुल्लाह अयोबीले दुई विकेट हात पारे ।
अब यूएईले जितका लागि १५४ रनको लक्ष्य पछ्याउनेछ ।