आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा कायम भएको छ। यस्तै, युरोपियन युरोको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा तथा बेलायती पाउन्डको खरिददर २०० रुपैयाँ २० पैसा र बिक्रीदर २०१ रुपैयाँ १ पैसा तोकिएको छ।
यसैगरी, अष्ट्रेलियन डलरको खरिददर १०२ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलरको १०६ रुपैयाँ १३ पैसा र सिंगापुर डलरको ११६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।
साउदी रियालको खरिददर ३९ रुपैयाँ ९५ पैसा, कतारी रियालको ४१ रुपैयाँ १६ पैसा र यूएई दिरामको ४० रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले कुवेती दिनारको खरिददर ४८७ रुपैयाँ १२ पैसा र बहराइन दिनारको ३९७ रुपैयाँ ४६ पैसा तोकेको छ। यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्नेछन्।