दिल्लीको गार्मेन्ट कारखानामा भीषण आगलागी, २५ दमकल परिचालन
भारतको राजधानी नयाँ दिल्लीस्थित नजफगढको नांगली सकरावती क्षेत्रमा रहेको एक गार्मेन्ट कारखानामा आइतबार साँझ भीषण आगलागी भएको छ ।
आगलागी नियन्त्रणका लागि दिल्ली फायर सर्भिसका २५ वटा दमकल परिचालन गरिएको थियो । लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको र त्यसपछि कुलिङ अपरेसन सञ्चालन गरिएको अधिकारीहरूले जनाएका छन् ।
आगलागीबाट भएको भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन भने मानवीय क्षतिबारे पनि स्पष्ट जानकारी आउन बाँकी छ ।
यसैबीच, सम्भावित आगलागी नियन्त्रणका लागि दिल्लीभरका ७१ वटा फायर स्टेसनलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको छ ।