सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु
सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू सहभागी छन् ।
बैठकमा कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक वासना थापा सहभागी छन् ।
त्यस्तै, नेकपा एमालेका तर्फबाट संसदीय दलका उपनेता पद्मा अर्याल सहभागी भएकी छन् । नेपाली कम्युनिस्ट पार्टीबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल सहभागी छन् भने जनता समाजवादी पार्टीबाट महन्त ठाकुर तथा राप्रपाबाट खुश्बु ओली बैठकमा उपस्थित छन् ।
विपक्षी दलका नेताहरूको सहभागितामा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।