४१५ रुपैयाँको सामान किन्दा गौरीशंकरले जिते १० लाख रुपैयाँ
आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रममा गौरीशंकर पण्डितले १० लाख रुपैयाँ पुरस्कार जितेका छन्।
कात्तिक १ देखि १५ गतेसम्मको अवधिका लागि सोमबार आयोजित कार्यक्रममा बिगमार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका पण्डित बम्पर उपहार विजेता घोषित भएका हुन्।
विभागका अनुसार कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको हो। क्रिकेट खेलाडी ललित राजवंशीले पण्डितलाई पुरस्कार जितेको जानकारी गराएका थिए।
त्यस्तै, कार्यक्रममा अन्य विजेताहरूलाई पनि पुरस्कार घोषणा गरिएको छ।