नेपाल मेडिकल काउन्सिल निर्वाचनका लागि २१ मतदान केन्द्र तोकियो
काठमाडौँ – नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि देशभर २१ वटा मतदान केन्द्र तोकिएको छ।
आगामी पुष ४ गतेदेखि सुरु हुने निर्वाचन काठमाडौं बाहिर पुष ४ र ५ र काठमाडौं भित्र पुष ११ र १२ गते आयोजना हुने छ।
काठमाडौं बाहिरका मतदान केन्द्रमा प्रादेशिक अस्पताल भद्रपुर (झापा), कोशी अस्पताल (विराटनगर), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), गजेन्द्र नारायण सिंह अस्पताल (सप्तरी), प्रादेशिक अस्पताल लहान, जनकपुर प्रादेशिक अस्पताल (धनुषा) र नारायणी अस्पताल (वीरगञ्ज) रहेका छन्।
काठमाडौं बाहिरका अन्य मतदान केन्द्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौँडा), भरतपुर अस्पताल (चितवन), पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास्की), लुम्बिनी प्रादेशिक अस्पताल (रूपन्देही), पाल्पा अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रादेशिक अस्पताल कर्णाली, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, धुलिखेल अस्पताल, नेशनल एसेम्बली (काठमाडौं) र नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ अस्पताल (ललितपुर) रहेका छन्।
यस निर्वाचनमा काउन्सिलका एक उपाध्यक्ष र आठ सदस्यका लागि मतदान हुनेछ। सदस्य पदका लागि ३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।