हुम्लाबाट एमाले महाधिवेशनका प्रतिनिधि सर्वसम्मत चयन
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि हुम्लाबाट सबै प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन्।
पार्टी उपाध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार खुलातर्फ जिल्ला अध्यक्ष ज्ञामी बुमी, वरिष्ठ नेता कलबहादुर हमाल, दलित कोटाबाट पर्वत सुनार, युवातर्फ तीर्थराज बोहोरा, महिलाबाट प्रतिमा लामा र विमला शाही सर्वसम्मत चयन भएका छन्।
साथै, जिल्लाबाट थप एक जना प्रतिनिधि पठाउने विषयमा केन्द्रसँग अनुरोध गर्ने निर्णय भएको छ र स्वीकृत भए नवराज महतारालाई प्रतिनिधि बनाइनेछ।