कांग्रेसको प्रतिबद्धता: समावेशिता र मानवअधिकार संरक्षणमा निरन्तर उभिने
नेपाली कांग्रेसले समावेशिता, समान अवसर, मानवअधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरेको छ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा जारी सन्देशमा पार्टीको विधानअनुसार स्थानीय तहदेखि सङ्घीय संरचनासम्म अपाङ्ग सदस्यहरूको सहभागिता सुनिश्चित भएको उल्लेख गरेका छन्। उनले भविष्यमा पनि सहभागितालाई अझ प्रभावकारी र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सन्देशमा खड्काले नेपालको संविधानले सुनिश्चित गरेका समान अधिकार, सहभागिता, सामाजिक न्याय र समावेशितालाई कांग्रेसले निरन्तर संरक्षण गर्दै आएको जानकारी दिएका छन्।