एमाले अध्यक्ष ओलीको नयाँ घर निर्माण औपचारिक रूपमा सुरु
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नयाँ घर निर्माणको काम औपचारिक रूपमा सुरु भएको छ। बिहीबार ओलीकी पत्नी राधिका शाक्यले बन्न लागेको ओली कुटीको शिलान्यास गरेकी छन्।
एमाले नेता महेश बस्नेतका अनुसार निर्माण कार्य तीव्र गतिमा अघि बढ्नेछ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री ओलीको बालकोटस्थित घर जलाइएको थियो। त्यसपछि ओली भक्तपुरस्थित गुण्डुमा भाडामा घर लिएर बस्दै आएका छन्।