नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सारियो
काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्ने भनिएको थियो भने सोमबारका लागि सारिएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकको मिति परिवर्तन भएको जानकारी दिएका छन्।
बैठक सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा बस्नेछ। यसमा कार्यसमितिका पदाधिकारी, सदस्य लगायतको सहभागिता रहनेछ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठक पटक–पटक सरेको समाचार सार्वजनिक भइसकेको छ।