सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
काठमाडौँ — शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य रूपमा बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार छापावाल सुन तोलामा ६०० रुपैयाँले महँगिएको हो। बिहीबार तोलाको मूल्य २ लाख ३७ हजार ८०० रुपैयाँ रहेकोमा शुक्रबार बढेर २ लाख ३८ हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा ३ हजार २० रुपैयाँ कायम भएको छ।
सुन र चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको मूल्य, अमेरिकी डलरको विनिमय दर र स्थानीय माग–आपूर्तिसँग सम्बन्धित हुने गरेको व्यवसायीहरू बताउँछन्।