एमालेको ११औं राष्ट्रिय महाधिवेशनको लोगो आइतबार सार्वजनिक हुने
नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनको लोगो आइतबार सार्वजनिक हुने भएको छ। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेका अनुसार लोगो सार्वजनिक गर्ने कार्यक्रम आगामी आइतबार आयोजना गरिएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उक्त लोगो सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ।
लोगो सार्वजनिकीकरण कार्यक्रम आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने प्रेस चौतारीले जनाएको छ। यससँगै महाधिवेशनसम्बन्धी औपचारिक तयारीहरू थप तीव्र बनेका छन्।