एमाले जाजरकोटबाट सबै महाधिवेशन प्रतिनिधि निर्विरोध चयन
१३ असोज, काठमाडौं — नेकपा एमाले जाजरकोट जिल्ला कमिटीबाट सबै महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन्।
खुला तर्फ लालबहादुर महतारा, करबिर शाही, नरेन्द्र शाही, नारायण घर्ती र प्रेमबहादुर सिंह निर्विरोध भएका हुन्। ३२ वर्षे उमेर हद लागू भएपछि अनेरास्ववियुका पूर्व उपाध्यक्ष नारायण घर्ती पुनः भूगोल राजनीतिमा फर्किएका थिए, र उनीसहित सबै खुलातर्फका उम्मेदवार बिना प्रतिस्पर्धा चयन भएका हुन्।
महिला तर्फ तारा शाक्य, कुमारी थापा र सुनिता बोहरा निर्विरोध प्रतिनिधि बन्न सफल भए। त्यस्तै, दलित तर्फ गोपाल नेपाली, नवेन्द्र नेपाली र कौशिला कामी चयन भएका छन्।
युवा तर्फ विश्व विक्रम शाह निर्विरोध प्रतिनिधि बनेका छन्।