रास्वपामा एकीकृत नेतृ रञ्जु दर्शनाः “बिलाउन होइन, मिलाउन आएको हुँ
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकृत भएकी नेतृ रञ्जु दर्शनाले आफू राजनीतिक विरोधीहरुलाई बिलाउन नभई मिलाउन आएको बताएका छन्। आइतबार राष्ट्रिय सभा गृहमा रास्वपा र विवेकशील साझा पार्टीबीच भएको एकता सभामा उनले १७ वर्षको उमेरदेखि वैकल्पिक राजनीतिमा संलग्न भएको अनुभव साझा गर्दै आगामी निर्वाचनमा रास्वपाले बहुमत ल्याउनुपर्नेमा जोड दिइन्।
दर्शनाले वैकल्पिक राजनीतिका संस्थापक दिवङ्गत उज्ज्वल थापाको प्रेरणाबाट राजनीतिमा प्रवेश गरेको बताउँदै भने, “मिडियाका र एकता नचाहने साथीहरूले तिमीहरू बिलाउन गयौ भनिरहनुभएको छ। हामी बिलाउन होइन, मिलाउन आएका हौँ। अबको राजनीति जुट्ने राजनीति हुनेछ।” उनले देशको आर्थिक उन्नतिका लागि वैकल्पिक शक्तिले बहुमत ल्याउन आवश्यक रहेको पनि स्पष्ट पारेकी छन्।