प्रेस चौतारी नेपालबाट पाँच नेता एमाले महाधिवेशन प्रतिनिधि चयन
काठमाडौँ — नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालबाट पाँच जना नेता पार्टीको महाधिवेशन प्रतिनिधिका रूपमा चयन भएका छन्।
महाधिवेशन प्रतिनिधिमा पूर्व अध्यक्षद्वय राजेन्द्र अर्याल र गणेश बस्नेत, चौतारीका अध्यक्ष गणेश पाण्डे, प्रतिमा शिलवाल र मिना विश्वकर्मा चयन भएका छन्।
प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा शनिबार बसेको बैठकले पाँचै जनालाई सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको एमाले प्रचार विभागले जनाएको छ।