काठमाडौं: दुर्गा प्रसाईँको पक्राउविरुद्ध समर्थकहरूको विरोध प्रदर्शन
काठमाडौं – प्रहरीले दुर्गा प्रसाईँलाई पक्राउ गरेपछि उनका समर्थक काठमाडौंमा सडकमा प्रदर्शनमा उत्रिएका छन्। प्रसाईँका समर्थकहरू जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि नाराजुलुशसहित विरोध गर्दैछन्।
प्रदर्शनस्थलमा प्रहरीले ठूलो संख्यामा सुरक्षा बल परिचालन गरेको छ। समर्थकहरूले प्रसाईँलाई तत्काल छोड्नुपर्ने भन्दै दबाब दिइरहेका छन्।
प्रहरीका अनुसार मंसिर ७ देखि आन्दोलनको तयारी गरिरहेका प्रसाईँले हिंसा भड्किने र अराजक गतिविधि गर्न उक्साउने अभिव्यक्ति दिएका कारण उनलाई मध्यरातमा पक्राउ गरिएको हो।
हाल उनीमाथि म्याद थपको प्रक्रिया अघि बढाइएको छ।