नेकपा एमालेले एघारौं महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौँ — नेकपा एमालेले एघारौं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो अनावरण गरेका हुन्।
एमालेले यही मंसिरको अन्तिम साता भक्तपुरको सल्लाघारीमा आफ्नो महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशनका लागि हाल देशभरबाट प्रतिनिधि छनोटको प्रक्रिया जारी छ।