थ्रेड सार्वजनिक पछि एलन मस्क र मार्क जुकरबर्ग मार्सल आर्टका लागि आमने सामने
एलनमस्क र मार्क जुकरबर्गदुबै विश्वका सर्वाधिकधनी र सफलव्यवसायीहुन् । जुकरबर्ग फेसबुक र इन्ट्राग्राम जस्ता सामाजिक सञ्जालमा राज गर्छन भने मस्क टेस्लाकामालिक र ट्वीटर किनेर चर्चामा आएका छन् । तर अहिले यीदुबै मिक्स मार्सल आर्ट फाइटका लागिआमने सामने हुने अवस्थामापुगेका छन् ।
एलन मस्कले कुस्ती खेल्न चुनौती दिएपछि मार्क जुकरबर्गले सन् २०१२ यतापहिलो पटक ट्वीट गरेका छन् ।
ट्वीटरलाई प्रतिष्पर्धा गर्न सामाजिक सञ्जाल थ्रेड सार्वजनिक गरेको केही घण्टामा सीईओ जुकरबर्गले दशकलामो अवधिपछि पहिलो पटक ट्वीट गरेका हुन् ।
उनले बिहीबार एलनमस्कलाई लक्षितगर्दै स्पाइडर म्यानआपसमा भिडिरहेको मिम शेयर गरेका छन् । ट्वीटरको पोस्टमा भने कुनै क्याप्सन राखिएको छैन ।यसलाई ट्वीटर र थ्रेडबीचको प्रतिस्पर्धा सुरु भएको घोषणाको रूपमा समेत लिनथालिएको छ ।
मङ्गलबार जुकरबर्गले ट्वीटर सिद्ध्याउने गरी प्रतिस्पर्धीको रूपमा थ्रेड उतारेका थिए । मेटाले थ्रेडलाई एउटा छुट्टै एपको रुपमाल्याएको भएपनि यो एप इन्स्टाग्राम अकाउन्टमा आधारित छ ।
खास तवरमा थ्रेड ट्वीटर जस्तै छ।एपको मुख्य फिडमा इन्स्टाग्रामको एल्गोरिदमले सुझाएका साथै फलो गरिएका अकाउन्टका पोस्टहरू देखिन्छन् । त्यस्तापोस्टहरूलाई तपाईंले रिपोस्ट गर्न सक्नु र त्यसमाकमेन्ट गर्न हुन्छ ।
हाल थ्रेडमा फोटो तथापाँचमिनेट लामो भिडिओ सहित ५ सयक्यारेक्टर लामो पोस्ट गर्न सकिन्छ । थ्रेडलाई गहिरो गरी इन्स्टाग्राम अकाउन्टसँग गाँसिएकाले थ्रेडमा गरेको पोस्टलाई तुरुन्तै इन्स्टाग्रामको स्टोरी तथा फिडमा राख्न सकिन्छ ।
यो एपमातस्वीर, शर्ट, उच्च गुणस्तरका भिडिओ समेत पोस्ट गर्न सकिन्छ । “यो एपमा एक अर्बभन्दा बढी मानिसले सार्वजनिक कुराकानी गर्न सक्नेछन्,“ थ्रेड सार्वजनिक भएपछि एक पोस्ट गर्दै जुकरबर्गले भनेका छन्, “ट्वीटरसँग यो अवसर थियो, तर गर्न सकेको छैन । आशा छ हामीत्यो गर्नेछौं ।“
यो एपप्रारम्भिक चरणमा विश्वका १सय देशमाउपलब्धभएपनि युरोपमाभने छैन ।