लगातारको वर्षाले मनोहरा नदीमा पानीको बहाव बढ्यो, आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
ललितपुरको च्यासलस्थित मनोहरा नदीमा लगातारको वर्षाका कारण पानीको बहाव बढेको छ। नदीमा पानीको सतह बढ्दै गएपछि प्रशासनले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण, ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको जनाएको छ।
प्रशासनले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्ने सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको छ। साथै, नदीको बहाव हेर्न जाने तथा जोखिमपूर्ण स्थानमा पुग्ने काम नगर्न पनि आग्रह गरेको छ।