बारामा अस्पताल उद्घाटनको विषयमा झडप हुँदा गोली लागेर किशोर गम्भीर घाइते
बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपमा गोली चल्दा एक किशोर गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा स्थानीय १६ वर्षीय आदित्य पासवान रहेका छन्। उनको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिएका छन्।
अस्पतालमा आवश्यक सेवा, जनशक्ति र पूर्वाधारको व्यवस्था नगरी उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेपछि विवाद चर्किएको थियो। सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको र गोलीसमेत चलेको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटा प्रमुख अतिथि रहने गरी दिउँसो १ बजे अस्पताल उद्घाटन कार्यक्रम तय गरिएको थियो।