भारी वर्षाका कारण कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्यो
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन पर सरेको छ । असोज १६ देखि १९ गतेसम्म तय भएको महाधिवेशन अब असोज १८ गतेदेखि हुने भएको छ ।
कांग्रेसका अनुसार महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ । विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएकाले मिति सारिएको हो ।
वडा अधिवेशन सम्पन्न भइसकेको र गाउँ–नगर अधिवेशन जारी रहेको कांग्रेसले जनाएको छ । क्षेत्रीय अधिवेशनहरू भने मौसमको अवस्था हेरी असोज १३ गतेभित्र सम्पन्न गर्ने व्यवस्था गरिएको छ ।