एआईआईबीको उपाध्यक्षमा नेपाल चयन
काठमाडौं । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को उपाध्यक्ष पदमा चयन भएको छ ।
कतारको दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकका अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो । नेपालसँगै आयरल्याण्ड पनि गैर–क्षेत्रीय सदस्य समूहबाट उपाध्यक्षमा चयन भएको छ ।
वार्षिक बैठकका अवसरमा अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले उपाध्यक्षको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरेका छन् ।
बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिजस्ता पूर्वाधारमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै नेपालजस्ता विकासशील मुलुकको आवश्यकताअनुसार सहुलियतपूर्ण वित्त उपलब्ध गराउनुपर्ने बताए ।