जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सुर्खेतबाट एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लेकबेशी नगरपालिका–१०, साटाखानीका ३६ वर्षीय तेजबहादुर पल्ली रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
ती महिलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले पल्लीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।